तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वप्रधानमन्त्री नेपालको स्वास्थ्यमा सुधार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहनुभएका नेता नेपालको स्वास्थ्यमा सुधार भएको उहाँको उपचारमा संलग्न डा सन्तकुमार दासले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेता नेपालमा अहिले ज्वरो नरहेको, श्वासप्रश्वास गर्दा अक्सिजन लगाउन नपरेको र खाना राम्रैसँग खाइरहनु भएको छ ।

डा दासका अनुसार भोलि पूर्ण रूपमा स्वस्थ्य भई नेता नेपाल घर फर्कनुहुनेछ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालमा निमोनिया भएपछि यही पुस ५ गते अस्पताल भर्ना हुनुभएको थियो ।

नेता नेपाललाई अस्पतालका उपनिर्देशक डा दासको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उपचार गरिरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल अस्पताल पुगी नेता नेपालको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button