तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने भएको छ ।

मकवानपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी माघ ११ देखि २३ गतेसम्म १० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने भएको हो ।

मकवानपुर उद्योग वाणिज्य सङ्घले बुधबार पत्रकार सम्मेलन गर्दै महोत्सव हेटौँडा–१०, स्थित टिसिएन चौरमा हुने जानकारी दिनुभयो । महोत्सवमा स्थानीय उद्योगी, व्यवसायीले उत्पादन गरेको वस्तुलाई प्राथमिकता दिइने बताइएको छ ।

महोत्सवले जिल्लाको रोजगारी, कृषि, पर्यटन, व्यापार क्षेत्रको विकासमा टेवा पुग्ने संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले बताउनुभयो । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, कृषि उत्पादनको प्रदर्शनी, व्यावसायिक गोष्ठी तथा सेमिनार, अटो, घरजग्गा तथा हाउजिङ, खाना तथा सांस्कृतिक मेलासहित हेलिकप्टर टुर समेत रहने उहाँले बताउनुभयो ।

२ लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा ३ सय वटा स्टल रहने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button