मकेश्वर सिंह सामाजिक पुरस्कारबाट पत्रकार झा पुरस्कृत
जनकपुरधाम । जनकपुरधामका पत्रकार एवं साहित्यकार सुजीतकुमार झा मकेश्वरबाबू उत्कृष्ट सामाजिक सेवा पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

जनकपुरधामको सामाजिक क्षेत्रका अग्रणी व्यक्तित्व स्वर्गीय मकेश्वरप्रसाद सिंहको नाममा स्थापित पुरस्कार सिंहको १२ औँ स्मृति दिवसको अवसरमा आज प्रदान गरिएको हो । पुरस्कारमा सम्मानपत्र, दोसल्ला र ५ हजार १ सय ५ नगद रहेको छ ।
पत्रकारिता र मैथिली साहित्यको माध्यमले यस क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको भन्दै पुरस्कार प्रदान गरिएको विकास पुरुष मकेश्वर बाबु सामाजिक प्रतिष्ठानका अध्यक्ष रीतेशकुमार सिंहले जानकारी दिनुभयो ।
अढाई दशकदेखि नेपाली पत्रकारितामा सक्रिय रहनुभएका पत्रकार झाको मैथिली भाषाका विभिन्न विधाका १५ वटा पुस्तक प्रकाशित छन् । यस अघि पनि पत्रकार झा विभिन्न संस्थाहरूले प्रदान गरेको विभिन्न पुरस्कारबाट पुरस्कृत भइसक्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्