तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालद्वारा नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

अध्यक्ष नेपाल निमोनिया देखिएपछि मङ्गलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको हो । 

उहाँहरूले आज अस्पताल पुगी अध्यक्ष नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्यलाभको कामना गर्नुभएको हो । 

नेता नेपाललाई अस्पतालका उपनिर्देशक डा सन्तकुमार दासको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उपचार गरिरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button