तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिबाट ज्येष्ठ सांसद जबरालाई शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सांसद पशुपति शमशेर जबरालाई आज शपथ गराउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष  समारोहमा ज्येष्ठ सांसद जबराले शपथ लिनुभएको हो ।

समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगायत संवैधानिक आयोगका प्रमुखहरू सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रपतिबाट शपथ लिएपछि ज्येष्ठ सांसद जबराले भोलि संसद् भवनमा नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनु हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button