तपाईँ सुन्दै हुनुहुन्छः

निजगढमा तेक्वान्दो प्रशिक्षक प्रशिक्षण सम्पन्न

बारा । बाराको निजगढमा तेक्वान्दो प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ ।

नेपाल तेक्वान्दो सङ्घको आयोजना तथा मधेस प्रदेश समितिको संयोजनमा दोस्रो र तेस्रो डानको प्रशिक्षक परिक्षण कार्यक्रम सम्पन्न भएको हो । निजगढस्थित कभर्ड हलमा सम्पन्न परीक्षामा प्रदेशभरिका दुई महिलासहित २३ जनाको सहभागिता रहेको थियो । तेक्वान्दो संघका अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका निर्णायकले परीक्षा लिएका थिए ।

परीक्षाका सहभागीहरूलाई संघका केन्द्रीय महासचिव गुरुङले प्रमाणपत्र वितरण गर्नुभएको प्रदेश महासचिव राजकुमार लामाले जानकारी दिनुभयो । कार्यक्रम प्रदेश अध्यक्ष पेमासिद्धि लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button