ज्येष्ठ सांसद जबराले भोलि दिउँसो शपथ लिनुहुने

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यहरुलाई ज्येष्ठ सांसद पशुपति शमसेर जबराले पर्सी पुष सात गते शपथ गराउनु हुने भएको छ ।
संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार सांसद जबराको उमेर ८१ वर्ष १० दिन रहेकोले उहाँ ज्येष्ठ सांसद तोकिनुभएको हो ।
अर्का सांसद चित्रबहादुर केसी ८० वर्ष १० महिना पुग्नुभएकोले संसद सचिवालयले सांसद जबरालाई ज्येष्ठ सांसद ठहर गरेको हो ।
ज्येष्ठ सांसदको हैसियतमा सांसद जबराले भोलि दिउँसो १ बजे राष्ट्रपति समक्ष शपथ ग्रहण गरेपछि पर्सी उहाँले संसद भवनमा प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुलाई शपथ ग्रहण गराउनुहुने छ ।








प्रतिक्रिया राख्नुहोस्