बङ्गलादेशमा हुने अन्तर्राष्ट्रिय स्क्राबलका लागि बाराबाट पाँच जना छनोट
बारा । बङ्गलादेशमा हुने अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताका लागि बाराबाट पाँच जना विद्यार्थी छनोट भएका छन् ।

नवलपरासी जिल्लाको गैँडाकोटमा पुस २ गते सम्पन्न आठौँ राष्ट्रिय स्क्राबल प्रतियोगितामा बाराबाट सहभागी भएका आठमध्ये पाँच जना अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताका लागि छनोट भएका हुन् ।

सन् २०२३ को फेब्रुअरीमा बङ्गलादेशमा हुने अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताका लागि देशभरिबाट उत्कृष्ट २० जना छनोट भएका छन् ।
स्क्राबल बोर्डमा खेलिने शब्दहरूको खेल हो । जसमा एउटामा २ देखि ४ जनासम्म खेल्न सक्छन् ।







प्रतिक्रिया राख्नुहोस्