लुम्बिनी प्रदेशका १२ जिल्लाका २२ दलको धरौटी जफत
रुपन्देही । लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरूमा भएको निर्वाचन मत परिणाम अनुसार लुम्बिनी प्रदेशमा २२ राजनीतिक दलको धरौटी जफत भएको छ ।
प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पेस गरेको प्रतिवेदनमा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा धरौटी जफत हुने व्यवस्थाअनुसार २२ वटा दलको धरौटी जफत भएको हो । लुम्बिनीमा ३२ दल सहभागी भएकोमा १० दलले मात्रै प्रदेश सभामा आफ्नो उपस्थिति जनाउनसकेका छन् ।
निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको ७ दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान बमोजिम आयोगबाट लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएको हो ।
आयोगले तयार पारेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार लुम्बिनी प्रदेशको प्रदेश सभातर्फ ८७ जना निर्वाचित भएका छन् । जसमा पुरुष ५४ जना ६२।०७ प्रतिशत र महिला ३३ जना ३७।९३ प्रतिशत निर्वाचित भएको उल्लेख छ । प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणालीतर्फ २५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३२ वटा राजनीतिक दलहरू निर्वाचनमा सहभागी भएका थिए ।
प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ पुरुष ४ सय ६७ र महिला २९ गरी कूल ४ सय ९६ जनाको अन्तिम उम्मेदवारी कायम भएकोमा समानुपातिक निर्वाचन प्रणालीमा कूल ५७९ जना उम्मेदवारहरूको अन्तिम बन्द सूचि कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि महिला १६ लाख १२ हजार ४ सय ७१, पुरुष १६ लाख ३७ हजार १ सय ३२ र अन्य ३४ गरी कूल ३२ लाख ४९ हजार ६ सय ३७ मतदाता कायम रहेको बताइएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २० लाख ३४ हजार ३ सय ५४ ९६२।६० प्रतिशत मतदान भएको थियो । जसमध्ये १९ लाख ४२ हजार ९ सय ७७ ९९५।५१० प्रतिशत मत सदर भएको थियो । भने, ९१ हजार ३ सय ७७ ९४।४९० प्रतिशत मत बदर भएको थियो । सोही सभाको समानुपातिक निर्वाचनमा २० लाख ३४ हजार १ सय ६ ९६२।५९० प्रतिशत मतदान भएको थियो । जसमध्ये १८ लाख ८७ हजार ७८ ९९२।७७० प्रतिशत मत सदर भएको थियो भने, १ लाख ४७ हजार २८ ९७।२३० प्रतिशत मत बदर भएको प्रतिवेदनमा जनाइएको छ ।
प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १।५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । सो व्यवस्था अनुसार लुम्बिनी प्रदेशमा १० वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व हुने भएको छ । प्रतिवेदन पेस कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले संवैधानिक प्रक्रिया अनुसार निर्वाचन मत परिणाम आएको सात दिनभित्र बुझाउनुपर्ने प्रतिवेदन यसअघि मङ्सिर २९ गते राष्ट्रपति समक्ष पेस गरिसकिएको र प्रदेशमा प्रदेश प्रमुखलाई बुझाउनुपर्ने भएकाले बुझाइएको बताए ।
प्रदेश प्रमुख अमिक शेरचनले निर्वाचन परिणामले सङ्घीयता व्यवस्थालाई आमजनताले आफ्नो मत दिएर पुष्टि गरेकोमा खुसी भएको व्यक्त गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्