तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार महासङ्घलाई जग्गा उपलब्ध गराउने नगर प्रमुखको प्रतिबद्धता

सिरहा । लहान नगरपालिकाले नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका लागि १० धुर जग्गा उपलब्ध गराउने भएको छ ।

महासङ्घ सिरहा शाखाको १३ औँ साधारण सभामा नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले महासङ्घको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

देश र समाज विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने पत्रकारिता क्षेत्रका लागि आफूले कानूनी रुपमा सबै सहयोग उपलब्ध गराउने विश्वास दिलाउँदै प्रमुख चौधरीले समाजको महत्त्वपूर्ण क्षेत्र पत्रकारिता जनताको पक्षमा हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य ललिता साह र महासङ्घ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले महासङ्घको भवन निर्माणका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button