तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा झण्डै ६ प्रतिशत मत बदर

कास्की । गण्डकी प्रदेशका प्रदेश प्रमुखलाई निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलले निर्वाचन आयोग गण्डकी प्रदेशको प्रतिवेदन बुझाउनुभएको छ ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले निर्वाचन आयोगले गरेको कामको प्रशंसा गर्नुभएको थियो । निवार्चनमा देखापरेका समस्या र दलहरूलाई आयोगले राम्रोसँग सजग गराएको गुरुङले बताउनुभयो ।

प्रतिवेदनमा समानुपातिकमा दलहरूले प्राप्त गरेको सिट सङ्ख्या र स्याङ्जामा मतगणना ढिलाइमा आयोगले गरेको अध्ययन समेत प्रस्तुत गरिएको ५ । पौडेलले प्रदेशमा ६५ प्रतिशत पुरुष र ३५ प्रतिशत महिला निर्वाचित भएको जानकारी दिनुभयो ।

प्रदेशमा नेकपा एमाले ४१.६७ प्रतिशत, नेपाली काँग्रेसले ३७.५० प्रतिशत, माओवादीले १२.५० राप्रपाले, ८.३३ प्रतिशत मत समानुपातिकमा मत प्राप्त गरेको पौडेलले बताउनुभयो ।

प्रतिवेदन अनुसार गण्डकी प्रदेशमा ७ दलको प्रतिनिधित्व हुने भएको छ । २४ वटा राजनीतिक दलसहित १५० जनाको धरौटी जफत भएको जनाएको छ । त्यसैगरी गण्डकी प्रदेशमा ५.८६ प्रतिशत मत बदर भएको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button