विभिन्न समयमा प्रेसले खेलेको भूमिका महत्त्वपूर्ण: पूर्व राष्ट्रपति यादव
काठमाडौँ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सङ्कुचन ठिक नहुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशको आज काठमाडौँमा आयोजित वार्षिक साधारण सभामा पूर्व राष्ट्रपति डा. यादवले परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनमा प्रेसले खेलेको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्नुभयो । उहाँले पत्रकारिताका माध्यमबाट राज्यका कमजोरी सुधार गर्न बल पुग्ने भएकाले पत्रकारले पनि आफ्नो दायित्व भुल्न नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्ने नीति स्वीकार्य नहुने बताउनुभयो । उहाँले श्रमजीवी पत्रकारको पेशागत तथा भौतिक सुरक्षा र श्रमको उचित कदर हुन आवश्यक रहेको बताउनुभयो ।
महासङ्घका प्रतिष्ठान प्रदेशका महासचिव बालकृष्ण अधिकारीले कोरोना महामारीका बीच पनि प्रतिष्ठानले गरेको कामको समीक्षा र आगामी रणनीति निर्माणका लागि छलफल हुने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्