तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकप फुटबल: सेमिफाइनल खेलहरू आज मङ्गलवारबाट सुरु हुँदै

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरू आज मङ्गलवारबाट सुरु हुँदैछ ।

कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबिच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिना र क्रोएसियाबिचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

दोहाको लुसेल रङ्गशालामा हुने पहिलो सेमिफाइनलमा मैदान उत्रँदा अर्जेन्टिना र क्रोएसिया फाइनल पुग्ने योजनामा हुनेछन् । अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुने भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् ।

अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौँ पटक विश्वकपको फाइनल पुग्ने योजनामा रहेको छ । अर्जेन्टिनाले दुई पटक विश्वकप जितिसकेको छ ।

साविक उपविजेता क्रोएसिया दोस्रो पटक विश्वकपको फाइनल पुग्न चाहन्छ । क्रोएसियाले विश्वकप उपाधि जित्न सकेको छैन ।

अर्जेन्टिना र क्रोएसियाबिच पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो । समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३० ले हराएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button