तपाईँ सुन्दै हुनुहुन्छः

अछामका १०६ जना बाढीपहिरो पीडितलाई राहत प्रदान

अछाम । अछाम जिल्लाका एक सय छ जना बाढीपहिरो पीडितलाई राहत हस्तान्तरण गरिएको छ । गत भदौ र  असोज महिनामा परेको अविरल बर्षाका कारण बाढी पहिरामा परेर पीडित भएका र प्रभावित रहेका एक सय ६ जनालाई राहत स्वरूप खाद्यान्न सहयोग हस्तान्तरण गरिएको हो ।

जिल्लाको कमलबजार नगरपालिकामा पेस्टो नेपाल, शिखर नगरपालिका ७ डोटीले बाढी पहिरो पीडितलाई राहत हस्तान्तरण गरेको छ । हेल्प नेपाल जर्मनी संस्थाको सहयोगमा बाढी पीडित १०६ जना परिवार लाई विभिन्न खाद्यान्न वितरण गरेको पेस्टो नेपाल का कार्यवाहक अध्यक्ष उपेन्द्र बहादुर स्वारले जानकारी दिनुभयो ।

सहयोग अन्तर्गत प्रतिव्यक्ति १ बोरा चामल, ४ केजी दाल, ३ लिटर तेल र २ केजी नुन रहेको छ ।

राहत हस्तान्तरण कार्यक्रमका नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवरले सहयोग गर्ने संस्थालाई धन्यवाद व्यक्त गर्नु भयो । यस अघि नै संस्थाले राहत वितरण गर्न खोजिए पनि निर्वाचन लगायतका कारण वितरणमा ढिलाइ हुन गएको स्वारले बताउनु भयो ।

साथै संस्थाले बुधबार जिल्लाको तुर्माखाँद र ढकारीका बाढीपहिरो पीडितलाई खाद्यान्नका सामाग्री हस्तान्तरण गर्ने समेत जानकारी दिनु भयो ।

जिल्लामा साउन महिनामा ३ जनाको पहिरोमा पुरिएर ज्यान गएको थियो भने भदौ महिनामा २२ जनाको पहिरोमा पुरिएर र १ जनाको बाढीले बगाएर ज्यान गएको थियो । साथै सयौँ रोपनीमा लगाएको खेतिबाली नष्ट भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button