एमाले अध्यक्ष ओली र कांग्रेस नेता केसीबिच ओली निवास बालकोटमा भेटवार्ता

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीबिच ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।
हिजो साँझ उहाँहरुबीच भेटवार्ता भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
दुई नेताबिचको भेटका क्रममा समसामयिक राजनीतिक घटनाक्रम र नयाँ सरकार गठनबारे करिब २ घण्टा छलफल भएको बताइएको छ ।
छलफलमा नयाँ सरकार गठनका सम्भावना र राजनीतिक समीकरण तथा अर्थतन्त्र सुधारका लागि दलहरूबिचको एकताबद्ध पहल र जनजीविकाको सवाल लगायतका विषयमा छलफल भएको कांग्रेस नेता केसीले जानकारी दिनुभयो ।
नयाँ सरकार गठनको कसरत भइरहेका बेला अध्यक्ष ओली र नेता केसीबिच भेटवार्ता भएको हो ।








प्रतिक्रिया राख्नुहोस्