तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुरमा अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न शुरु

कैलाली । टीकापुर नगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खालि गर्न सुरु गरेको छ ।

नगरपालिकाले वडा नम्बर ४ को मौरनियास्थित स्थानीय नरेन्द्र बोहरा र पदम कठायतले सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएको घर र एउटा घेरावार भत्काएर जग्गा खाली गर्न शुरु गरिएको जनाएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउन तथा जग्गा खाली गर्न नगरपालिकाले आजदेखि डोजर चलाएको नगर प्रमुख रामलाल डगौरा थारुले जानकारी दिनुभयो ।

टीकापुर नगरपालिकाले असोज १३ गते अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न भन्दै ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button