बँदेलको आक्रमणबाट गाउँपालिकाका सहयोगीको मृत्यु
अछाम । अछाममा बँदेलको आक्रमणबाट एक जनाको ज्यान गएको छ । जिल्लाको मेल्लेख गाउँपालिका ६ षोडशाका ४० वर्षीय केशर बोहराको ज्यान गएको हो ।

शनिबार बिहान घरनजिकै बँदेलको आक्रमणमा पर्नुभएका उहाँको उपचारको क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
मृतक बोहरा मेल्लेख गाउँपालिकामा कार्यालय सहयोगी पदमा कार्यरत रहेको गाउँपालिकाका उपाध्यक्ष नृप बहादुर खड्काले बताउनुभयो ।
पछिल्लो समय अछाम जिल्लामा जङ्गली जनावरहरूको आतङ्क बढ्दो क्रममा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्