धनुषामा हत्याको अभियोगमा दुई पक्राउ
जनकपुरधाम । आपसी झगडाको विषयलाई लिएर धनुषामा एक जना पुरुषको हत्या भएको भने सोही परिवारका चार जना घाइते भएको अभियोगमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको मिथिला विहारी नगरपालिका ४ रमौलका वर्ष ५३ का प्रभु यादवको हत्याको अभियोगमा सोही वडाका वर्ष ४१ का लालबाबु यादव र वर्ष ३१ का सुरेश यादवलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिनुभयो ।
गए राति साढे ८ बजे स्थानीय सुरज यादवको परिवारको समूहले घरेलु हतियारसहित घरमै आएर एक्कासी आक्रमण गर्दा प्रभुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, छोराहरू जगरनाथ यादव, सन्तोष यादव र अशोक यादव घाइते भएका छन् । सन्तोषको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने हातका दुईवटा औँला छिनेका छन् । घाइतेहरूको उपचार प्रादेशिक अस्पतालमा जनकपुरधाममा भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्