तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मतगणना रोकियो

बाजुरा। बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढी मत आयपछि मतगणना रोकिएको छ ।

प्रतिनिधिसभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत बढी खसेको पाइएपछि मतगणना रोकिएको हो ।यहाँ एमालेका पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पाण्डे चुनावी मैदानमा हुनुहुन्छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बिहान साढे ७ बजे गराएको जानकारी अनुसार पाण्डेले ५हजार३सय९९मत ल्याएर अगाडि छन् भने उहाँलाई नेकपा एमालेका उम्मेदवार कर्ण बहादुर थापाले ४हजार१सय३०मतका साथ पछ्याइरहनु भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button