तपाईँ सुन्दै हुनुहुन्छः

अछामको कमलबजारमा महोत्सवको तयारी पूरा

अछाम । दोस्रो कृषि पर्यटन तथा सांस्कृतिक मेला महोत्सव २०७९ कमलबजारमा सञ्चालन हुँदैछ । मङ्सिर १४ गते बुधबार देखि २४ गते सम्म महोत्सव सञ्चालन हुने भएको हो ।

‘नगर विकासको आधार, कृषि पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ दोस्रो कृषि पर्यटन तथा सांस्कृतिक मेला महोत्सव २०७९ सञ्चालन हुन लागेको हो । कमलबजार नगरपालिकाको समन्वय तथा कमलबजार विकास प्रवर्द्धन समिति र उद्योग वाणिज्य संघ कमलबजार प्रवर्द्धक रहने गरि महोत्सव सञ्चालन गरिने मेला महोत्सव समिति संयोजक विकास थापाले बताउनुभयो ।

महोत्सवमा नेपाली चलचित्र जगतका महानायक राजेश हमाल, बिराज भट्ट, लोक दोहोरी गायक तथा मोडल रामजी खाँण, गायिका ज्योति मगर, मोडल तथा गायक चक्र बम, लोक देउडा गायिका रेखा जोशी, गायिका एलिना चौहान, गायक टङ्क तिमिल्सैना, लोक देउडा गायक लाल बहादुर धामी अछामी बड्डो, गायक रोशन सिंह, गोपाल नेपाल जिएम, सज्जन धामी, निरुता खत्री लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र स्थानीय स्तरका ख्याति प्राप्त कलाकारहरूको बेजोड प्रस्तुति रहने संयोजक थापाले जानकारी दिनुभयो ।

महानायक हमाल, एक्सन स्टार भट्ट लगायतका चर्चित कलाकारको प्रस्तुतिले यसपालिको मेला–महोत्सव अझ रमाइलो हुने अपेक्षा गरिएको पनि आयोजकले जनाएको छ । चेतना जन–जागरण युवा क्लब कमलबजारको आयोजनामा हुने महोत्सवको सञ्चालन सुरेन्द्र साउद र सृजना क्षेत्रीले गर्ने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button