तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका शाही विजयी

मुगु I मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी हुनुभएको छ । उहाँ १४ हजार सात सय दुई मत प्राप्त गर्दै विजयी हुनुभएको हो । 

कांग्रेस उम्मेदवार शाहीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का राजबहादुर कार्कीले १० हजार सात सय आठ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । शाही र कार्कीबिच तीन हजार नौ सय ९४ मतान्तर रहेको छ । विजयी हुनुभएका शाही नेपाली कांग्रेस मुगुको सभापति समेत हुनुहुन्छ । 

त्यस्तै प्रदेशसभा ९१० मा एमालेका जीतबहादुर मल्ल विजयी हुनुभएको छ । उहाँले छ हजार छ सय १८ तथा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमले पाँच हजार पाँच सय ४५ मत प्राप्त गर्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button