रुपन्देही १ मा एमालेका छविलाल विश्वकर्मा निर्वाचित
रुपन्देही । रुपन्देहीको क्षेत्र नम्बर १मा नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा विजयी हुनुभएको छ ।
विश्वकर्मा दोश्रो पटक निर्वाचित हुनु भएको हो । उहाँले २४ हजार ८ सय ७२ मत प्राप्त गर्नुभयो ।
सत्ता गठबन्धनको समर्थनप्राप्त स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले २१ हजार ३ सय ८ मत प्राप्त गर्नुभयो ।
एमालेबाट टिकट नपाएपछि भुसालले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्