काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा (ख)मा रोमाञ्चक नतिजा
काभ्रे । काभ्रे जिल्लामा मङ्सिर ४ मा भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । देशभरबाट प्रतिनिधि तथा प्रदेश सभाका मत परिणाम आइरहेका छन् ।
यसैबीच काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा ख मा रोमाञ्चक नतिजा आएको छ ।
काभ्रे क्षेत्र नम्बर १ प्रदेश सभा ख अन्तर्गत गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका तिर्थ लामा कडा प्रतिस्पर्धाका साथ ३ मतान्तरले विजयी हुनु भएको छ ।
तिर्थ लामाले १९,२८० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चन्द्र लामाले १९,२७७ मत प्राप्त गर्नुभएको छ । यहाँ ३ मतले हारजित भएको छ ।








प्रतिक्रिया राख्नुहोस्