तपाईँ सुन्दै हुनुहुन्छः

कैलाली क्षेत्र नं १ प्रदेश (क) मा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी 

टीकापुर कैलाली I कैलाली निर्वाचन क्षेत्र नं १ को प्रदेश (क) मा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी हुनु भएको छ । चौधरी १५ हजार १०१ मत ल्याएर विजयी हुनु भएको हो । 

उहाँका निकटतम् प्रतिद्धन्द्धि नेकपा माओवादी केन्द्रका दिर्घराज विनाडीले १० हजार ३७७ मत प्राप्त गर्नु भएको छ भने राप्रपाका भिमबहादुर बमले ४ हजार ६० मत प्राप्त गर्नु भएको छ । 

प्रदेशसभाको सदस्य पदका लागि प्रत्यक्ष तर्फ ३४ हजार ४८५ मत खसेको मध्ये ३३ हजार ३७२ मत सदर भएको छ भने १ हजार ११४ मत बदर भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button