तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देही ४ प्रदेशसभा (१) मा लोसपाका बनिया बिजयी

भैरहवा । रुपन्देहीको प्रदेशसभा सदस्य ४ (१) मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी हुनुभएको छ ।

कुल ३५ हजार ५ सय ७७ मत खसेकोमा बनियाले १५ हजार १ सय ३७ मत ल्याइ विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु)ले ९ हजार २ सय ५३ मत पाउनुभएको छ ।

यस्तै नेपाली कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत पाएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button