काठमाडौँ ४ मा गगन २ हजार ७११ मतान्तरले अघि

काठमाडौँ I काठमाडौँ, ६ मङ्सिर ९रासस० स् काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार गगन कुमार थापाले सुरुवाती अग्रतालाई कायम राख्नुभएको छ ।
बुढानीलकण्ठ नगरपालिका अन्तर्गतका ८ वटा वडाहरूको राति १२ बजेसम्मको मतगणनामा थापाले २ हजार सात सय ११ मतले अग्रता लिनुभएको हो । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार २५ हजार नौ सय ६३ मतगणना हुँदा थापाले ११ हजार नौ सय ८८ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा ९एमाले०का उम्मेदवार डा राजन भट्टरार्ईले नौ हजार दुई सय ७७ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी राप्रपा उम्मेदवार डा ठाकुर मोहन श्रेष्ठले एक हजार ४३९ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार अर्जुन कुमार प्रसाईँले एक हजार १११ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेशसभा २ तर्फको बुढानीलकण्ठ नगरपालिकाका वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन् । यस क्षेत्रको प्रतिनिधिसभा सदस्य पदको मतगणना सकिएको छ ।
अहिले प्रदेशसभा १ अन्तर्गतका काठमाडौँ महानगरपालिका अन्तर्गतका वडा नम्बर १, ७, ८ र ३० को गणना सुरु भएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्