तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुर १ मा कांग्रेस र २ मा एमालेको अग्रता

हेटौडा । मकवानपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता कायम राख्नुभएको छ ।

गणना भएको पाँच हजार ३० मतमध्ये सत्ता गठबन्धनका साझा उम्मेदवार उपाध्यायले दुई हजार ४७७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा (एमाले)का उम्मेदवार तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक हजार ६४३ मतसहित पछ्याउनुभएको छ । राप्रपा उम्मेदवार दीपक सिंहले तीन सय ७३ मत प्राप्त गर्नुभएको छ । 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का महेशकुमार बर्तौलाले अग्रता लिनुभएको छ । गणना भएको छ हजार ५१८ मतमध्ये बर्तौलाले दुई हजार ७३३ मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडाले दुई हजार ६८६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले पाँच सय ३४ मत प्राप्त गर्नुभएको छ 

प्रतिक्रिया राख्नुहोस्

Back to top button