तपाईँ सुन्दै हुनुहुन्छः

गोरखामा मतगणना सुरु, प्रचण्डलाई अग्रता

गोरखा । गोरखामा निर्वाचन क्षेत्र नम्बर २ को मत गणना सुरु भएको छ । हाल सम्म ५५० मत गणना हुँदा ३९१ मत ल्याएर गोलाकार भित्रको हँसिया हथौडाले अग्रता पाएको छ । यस क्षेत्रमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहनुभएको छ । 

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी ६९ र नेकपा एमालेका अब्दुस सलाम मिया ३३ मत प्राप्त गर्नुभएको छ । 

निर्वाचन क्षेत्र नम्बर १ को सबै मतपेटिका जिल्ला सदरमुकाम आइपुगेको छ । मत गणना स्थल निर्माण भइरहेकोले भोलि बिहान ७ बजेदेखि मत गणना गरिने प्रमुख निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button