मनाङमा कांग्रेसका गुरुङ जित नजिक

मनाङ । मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ जित नजिक पुग्नुभएको छ ।
उहाँले दुई हजार चार सय ९४ मत प्राप्त गरी अग्रता लिनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पोल्देन छेवाङ गुरुङले दुई हजार एक सय ८८ मत प्राप्त गर्नुभएको छ ।
मनाङमा कुल चार हजार आठ सय ४५ मत खसेको थियो । कांग्रेसका गुरुङ तीन सय छ मतले अगाडि हुनुहुन्छ भने अब एक सय ४१ मत मात्र गणना गर्न बाँकी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मुखिया गुरुङ पाँच मत प्राप्त गर्नुभएको छ भने हालसम्म १७ मत बदर भएको छ ।








प्रतिक्रिया राख्नुहोस्