प्रधानमन्त्री देउवा दोब्बर मतका साथ अगाडि
डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गणना भएको कुल मतमध्ये १४०४ मत ल्याएर अग्र स्थानमा हुनुहुन्छ ।

उहाँका प्रतिस्पर्धी स्वतन्त्रका सागर ढकालले ७३० प्राप्त गर्नुभएको छ । यसैगरी नेपाली काँग्रेसका बिपीका उम्मेदवार कर्णबहादुर मल्लले ५२७ मत पाउनुभएको छ ।
कुल खसेको ५१ हजार ६६० मतमध्ये २९५६ को गणना भएको छ ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा कुल मतदाता ९१ हजार २०१ रहेका छन् । झण्डै ५६.६४ प्रतिशत मत खसेको मुख्य निर्वाचन कार्यालय डडेलधुराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्