तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा २ को मतगणना ७ बजेपछि मात्र हुने

गोरखा । गोरखाको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना आज साँझ ७ बजेपछि मात्र हुने निर्वाचन अधिकृत नारद प्रसाद भट्टराइले जानकारी दिनुभएको छ ।

गणना स्थल एक ठाउँमा मात्र बनाइएको थियो । थप गणना स्थल बनाउन समय लाग्ने भएकाले ७ बजेपछि गणना गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

चुमनुब्री गाउँपालिका भित्रका मत पेटिका नेपाली सेनाका दुई वटा हेलिकप्टर प्रयोग गरी ल्याइएको छ । आज सबै मतपेटिका आइसक्ने प्रहरी नायव उपरिक्षक लीलाराज लामिछानेले बताउनुभयो ।

नेपाली सेनाको कलसाइन एनए ०५६ नम्बरको हेलिकप्टरमा समस्या आएपछि सेनाकै अन्य दुई साना हेलिकप्टरबाट मत ढुवानी भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button