जुम्लामा प्रतिनिधि र प्रदेश सभाको एकैसाथ मतगणना सुरु
जुम्ला । जुम्लामा प्रतिनिधि सभा र प्रदेश सभाको एकैसाथ मत गणना सुरु भएको छ ।

प्रतिनिधि सभातर्फ १ र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको जुम्लामा दिउँसो साढे ३ बजेबाट छुटाछुटै ठाउँमा मतगणना शुरु भएको हो ।

आइतबार बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो । तर सिसी क्यामरा जडान, गणना स्थल तयारी, गणनामा खटिने कर्मचारीको व्यवस्थापनमा समय लागेपछि तोकिएको समय भन्दा केही ढिला गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्