पर्वतमा मतगणना शुरु
पर्वत । पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना शुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दिउँसो ४ बजेबाट मतगणना शुरु भएको हो ।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पर्वतमा ६६ हजार २ सय ७३ मत खसेको छ । मतगणना कार्यमा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक दुवै प्रणाली तर्फको जलजला गाउँपालिका भोटेडाँडा केन्द्र र पैञ्यु गाउँपालिकाको टकलाक ‘क’ केन्द्रको मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका प्रवक्ता राजु ढुङ्गानाले जानकारी दिनुभयो ।
पर्वतमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुन जोशी र नेकपा एमालेका उम्मेदवार पदम गिरीबिच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्