तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा चुमनुब्रीको मतपेटिका हेलिकप्टरबाट ल्याइने

गोरखा । गोरखाका सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन शुरु गरिएको छ । चुमनुब्री गाउँपालिकाको २२ केन्द्रका मतपेटिका ६ ठाउँमा केन्द्रित गर्ने तथा अन्य पालिकाका मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम शुरु गरिएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले बताउनुभयो ।

चुमनुब्रीको मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट सदरमुकामसम्म ल्याइने छ । सामागाऊँ र नामरुङमा आसपासका ८ मतदान केन्द्रको मतपेटिका सङ्कलन गरिनेछ भने चुम्लिङ र झुङमा आसपासका ६ केन्द्रको मतपेटिका सङ्कलन गरिनेछ ।

घुम्मत र सल्लेरीमा आसपासका ८ केन्द्रको मतपेटिका सङ्कलन गरि ३ पटकको उडान मार्फत जिल्ला सदरमुकाममा ल्याउने गरि नेपाली सेनाको हेलिकप्टर माग गरिएको आयोगले जनाएको छ । आयोगले मङ्सिर ५ वटा ६ गतेका लागि हेलिकप्टर माग गरेपनि ५ गते सोमवार नै उडान हुने सम्भावना रहेको छ । 

अन्य पालिकाको मतपेटिका भने स्थलमार्गबाट मतगणना स्थलसम्म ल्याइँदै छ । गोरखा क्षेत्र नम्बर १ को मतगणना स्थल जिल्ला समन्वय समितिमा बनाइएको छ  भने क्षेत्र नम्बर २ को मतगणना निर्वाचन अधिकृतको कार्यालय दलभञ्ज्याङमा गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button