तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाको निर्वाचन क्षेत्र नंं ३ मा प्रतिनिधिसभामा एमाले र प्रदेशमा जनमत पार्टीको अग्रता 

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नंं ३ को प्रतिनिधिसभा तथा प्रदेशसभा ३ को १ को मतगणना जारी रहेको छ ।

प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार जुली कुमारी महतोले ६०८ मत सहित अग्र स्थानमा रहनु भएको छ ।

यसै गरि जनमत पार्टीका उम्मेदवार ई.शम्भुनाथ साहले ३२० मत र पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका अनिल कुमार झाले ३१५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी धनुषा निर्वाचन क्षेत्र न ३ ( १ ) को प्रदेश सभामा जनतम पार्टीका उम्मेदवार डा.प्रसन्न झा ५७४ मत सहित अग्र स्थानमा रहनुभएको छ । 

पाँच दलीय गठबन्धन दलका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार रामसरोज यादवले ३७९ मत र नेकपा एमाले जसपा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार जितेन्द्र यादवले ३६४ मतसहित तेस्रो स्थानमा रहनुभएको छ ।

धनुषाको निर्वाचन क्षेत्र नंं १, २ र ४ को मतगणनाको तयारी भइरहेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयहरूले जानकारी दिनुभएको छ । 

धनुषाको क्षेत्र नं २ र ४ को मतगणना २ बजेबाट हुने क्षेत्र नंं २ को धर्म अवतार कोइरालाले जानकारी दिनुभयो ।

अहिले धनुषाको क्षेत्र नंं ३ को प्रतिनिधिसभाको समानुपातिक तर्फको मतगणना शुरु भएको छ ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button