तपाईँ सुन्दै हुनुहुन्छः

अछाम क्षेत्र नम्बर १ मा ३ बजेबाट मतगणना हुने

अछाम । अछामको क्षेत्र नम्बर १ मा दिउसो ३ बजेबाट मत गणना शुरु गरिने भएको छ।

साँफेबगर स्थित मतदान अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले दिउसो ३ बजेबाट मतगणना शुरु हुने निर्णय गरिएको निर्वाचन अधिकृत शम्भु गौतमले जानकारी दिनुभयो ।

अछाम क्षेत्र नम्बर १ मा ७९ हजार ३६ मतदाता मध्ये ४१ हजार ६४३ मत खसेका छन् । अछाम क्षेत्र नम्बर २ को सर्वदलीय बैठक अहिले जारी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button