तनहुँमा दिउँसो १ बजेदेखि मात्रै मतगणना सुरु हुने
तनहुँ । तनहुँमा मतगणनाका लागि सर्वपक्षीय बैठक सकिएको छ ।
बैठकले सोमबार दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएको छ ।
तनहुँ क्षेत्र नम्बर १ मा दिउँसो १ बजेदेखि र क्षेत्र नम्बर २ मा दिउँसो १२:३० बजेदेखि मतगणनाको तयारी गरिएको छ ।
जिल्लामा आज बिहान १० बजेपछि मात्रै सर्वपक्षीय बैठक बसेको थियो ।
यस पटक तनहुँमा ५४ प्रतिशत मत खसेको छ । तनहुँको कुल मतदाता संख्या २ लाख ४८ हजार ४९५ रहेकोे थियो ।








प्रतिक्रिया राख्नुहोस्