तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरा सदरमुकाम मार्तडी तनावग्रस्त सेना परिचालन

बाजुरा ।नेकपा एमाले निकट अनेरास्ववियू बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेको छ । बजार बन्द सँगै बजारका गल्लीहरूमा टायर बालेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ ।

अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अएडीको मृत्युको विषयलाई लिएर अनेरास्ववियूले आन्दोलन गरेको हो । बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको छ ।त्रिवेणी ७ को नाटेश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई लिएर नेपाली काँग्रेसका कार्यक्रताहरुले चेतन अयडीको घरमै गएर कुटपिट गरेर हत्या गरेको अनेरास्ववियुले आरोप लगाएको छ ।

अयडि घर भित्र रहेको बेला भित्र बाट तानेर निर्घात कुटपिट गरेको अनेरास्ववियु बाजुराले जनाएको छ ।
अयडिलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो । अस्पताल पुगाउने बित्तिकै अयडिको चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । अयडिको शव अहिले बयलपाटा अस्पतालको शबगृहमा राखिएको अस्पतालले जनाएको छ।

त्रिवेणी ७ मा ४ गते दिउँसो मतदानको समयमा नेपाली काँग्रेस र एमाले कार्यकर्ता बिच झडप भएपछि सुरक्षाकर्मीले गोली चलाउँदा हिजो एकजनाको घटना स्थलमै मृत्यु भए पश्चात् विवादले चर्को रूप लिएको थियो । सुरक्षाकर्मीको गोली लागेर स्थानीय काँग्रेस कार्यकर्ता सञ्जीव अयडिको मृत्यु भएको थियो । सञ्जीव अयडिको मृत्युपछि काँग्रेस कार्यकर्ताले घरघरमा गएर एमाले कार्यकर्ता माथि कुटपिट गरेको एमालेले आरोप लगाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button