तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देही-४ को मतगणना सुरु

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो ।

सर्वदलीय बैठकको निर्णयअनुसार बिहान साढे नौ बजेदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिनुभयो ।

यस क्षेत्रमा प्रतिनिधि सभामा नेपाली काङ्ग्रेसबाट प्रमोद यादव, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला र जसपाबाट अाेमप्रकाश यादवबीच प्रतिस्पर्धा छ । यस क्षेत्रमा ७७ हजार ६४ मत खसेको थियो । यहाँ कुल मतदाता १ लाख १० हजार ६६९ रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button