तपाईँ सुन्दै हुनुहुन्छः

झापामा मतपेटिका सङ्कलन शुरु

झापा । मतदान सकिएसँगै झापामा मतपेटिका सङ्कलन कार्य शुरु गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पुराउने काम भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

अबेरसम्म मतपेटिका सङ्कलन हुने भएकाले गणनामा समय लाग्न सक्ने बताइएको छ । झापा क्षेत्र नं. २ को मतगणना स्थल अर्जुनधारा नगरपालिकामा मतपेटिका पुराउने काम भइरहेको छ । जिल्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका भण्डारण गरेपछि सर्वदलीय बैठक बसेर गणनाका लागि समय निर्धारण गरिने तयारी छ ।

हालसम्म कति मत खसेको छ भन्ने बारे बताइएको छ । लगभग ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button