सुनसरीमा मतपेटिका झारिँदै, ६३.५ प्रतिशत मत खस्यो
सुनसरी । सुनसरीमा मतदान सकिएपछि मतपेटिका मतगणनास्थलमा ल्याउने काम जारी छ। निर्वाचन सकिएपछि मतदान केन्द्रबाट मतपेटिकाहरू मतगणना स्थल ल्याउने काम जारी रहेको निर्वाचन कार्यालय सुनसरीले जानकारी दिएको छ ।

सुनसरीमा पाँच लाख ४४ हजार ९४१ मतदाता रहेकोमा आज सम्पन्न निर्वाचनमा तीन लाख ४६ हजार ६९३ मतदाताहरूले मतदान गरेका छन् । समग्र सुनसरीमा ६३.५ प्रतिशत मत खसेको छ ।

सुनसरीमा १६६ मतदान केन्द्र र पाँच सय ९१ मतदानस्थल र दुई अस्थायी गरी पाँच सय ९३ मतदानस्थलमा शान्तिपूर्ण ढङ्गबाट निर्वाचन सम्पन्न भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर-२ को मतगणना स्थल शैक्षिक तालिम केन्द्र र क्षेत्र नम्बर-४ को मतगणना स्थल भगवती माध्यमिक विद्यालय इनरुवामा मतपेटिका ल्याउने काम जारी रहेकोले आज रातिबाट मतगणना हुने निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्