तपाईँ सुन्दै हुनुहुन्छः

इलामको सूर्योदय नगरपालिका १ स्थित  सिंहदेवी मावि केन्द्रमा रोकिएको मतदान सुचारु 

इलाम । इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत सूर्योदय नगरपालिका–१ को सिंहदेवी मावि केन्द्रमा रोकिएको मतदान सुचारु भएको छ । 

प्रदेशसभाको मतपत्र प्रतिनिधिसभा र प्रतिनिधिसभाको प्रदेशसभाको मतपेटिकामा खसालेको कारण  करिब २ घण्टा मतदान रोकिएको क्षेत्र नम्बर १ निर्वाचन अधिकृत राजकुमार दहालले जानकारी दिनुभएको छ ।  

मतपत्र फरक फरक मतपेटिका परेको मतपेटिकालाई सिल गरिएको छ भने अर्को मतपेटिकामा मतदान सुचारु गरेको दहालले बताउनुभयो । उक्त मतदान केन्द्र ५ बजेसम्म प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने छन् । क्षेत्र नम्बर १ मा आज राती १ बजेसम्म सबै केन्द्रहरूको मतपेटिका गणना स्थलमा आइपुग्ने निर्वाचन अधिकृत दहालले बताउनुभयो । 

सिल गरिएको मतपेटिका सर्वदलीय बैठक बसी के गर्ने भन्ने बारे निर्णय गरिने भएको छ । क्षेत्र नम्बर १ को मतगणना सूर्योदय नगरपालिका १० स्थित पालिकाको कार्यालयमा गरिने गरी तयारी भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button