इलाममा हालसम्म ४५ प्रतिशत मत खस्यो

इलाम । इलाममा हालसम्म ४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख देवी चरण फुयाँलले बताउनुभएको छ ।
जिल्लाका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको जनाइएको छ । विगतको तुलनामा जिल्लाको धेरैजसो मतदान केन्द्रमा मतदाताको उपस्थिति कम रहेको पाइएको छ ।

जिल्लामा एकसय ५० वटा मतदान स्थल रहेको छ । २ सय ८५ वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र रहेको छ । प्रतिनिधिसभा तर्फ २ र प्रदेशसभातर्फ ४ निर्वाचन क्षेत्र रहेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि ५४ जना उम्मेदवार चुनावी मैदानमा छन् । इलाममा कुल २ लाख २४ हजार ८ सय ७७ जना मतदाता रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्