तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा ३ बजेसम्म ५० प्रतिशत मतदान

सिन्धुपाल्चोक । आज जारी मतदानका क्रममा जिल्लामा ३ बजे सम्ममा ५० प्रतिशत १ लाख ३० हजार १ सय ४२ मत खसेको छ । प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालका अनुसार मतदान कार्य छिटपुट घटनाबाहेक शान्तिपूर्ण रहेको छ ।

जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले एक अस्थायीसहित एक सय ४६ मतदानस्थलमा मतदान भइरहेको बताउनुभयो । ती स्थलका तीन सय २१ मतदान केन्द्रमा मतदान जारी रहेको हो । दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा जम्मा दुई लाख ६० हजार दुई सय ७३ मतदाता छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button