तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा दिउँसो २ बजेसम्ममा ४२ प्रतिशत मतदान  

जनकपुरधाम । धनुषा जिल्लामा दिउँसो २ बजेसम्ममा ४२ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनु भएको छ । 

बिहान कुहिरो लागेका कारणले भिड कम भएपनि दिउँसो १ बजेपछि मतदान केन्द्रहरूमा मतदाताको सङ्ख्यामा वृद्धि भएको छ । विभिन्न मतदान केन्द्रहरू मतदाता आउने क्रम बढेका कारणले साँझसम्ममा राम्रो मतदान हुने अपेक्षा मुख्य निर्वाचन अधिकृत प्याकुरेलको रहेको छ । 

शहरी क्षेत्रमा अपेक्षाकृत कम मतदाताहरू मतदानमा सहभागी भएपनि ग्रामीण क्षेत्रमा मतदाताको सङ्ख्या बढी रहेको छ । शहरी क्षेत्रको मतदान केन्द्रहरूमा दिउँसो २ बजेसम्ममा ३० प्रतिशत मात्र मतदान भएको छ ।

धनुषा जिल्लामा ३२२ मतदान स्थलमा ६०५ मतदान केन्द्र रहेको छ । महिला, पुरुष तथा अन्य गरेर ४ लाख ७४ हजार ५ सय  ८७ मतदाता धनुषा जिल्लामा रहेका छन् । धनुषाका धेरै मतदाताहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा भएकाले अपेक्षाकृत कम मतदान हुने अनुमान गरिएको छ । 

जिल्लामा ४ प्रतिनिधि सभा तथा ८ वटा प्रदेश सभाको सदस्य पदमा प्रत्यक्ष तर्फ उम्मेदवारहरूका बीचमा कडा प्रतिस्पर्धा रहेको छ । यसै गरि समानुपातिक तर्फ पार्टीलाई मतदान गरिरहेको छ ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button