तपाईँ सुन्दै हुनुहुन्छः

आजको मौसम कस्तो रहला ? यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ। अन्यत्र मौसम सामान्यतः सफा रहनेछ।

देशभर तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ।

मौसम विश्लेषण 

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

हाल मौसमको अवस्था

प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

२०७९ मंसिर ०४  गते  (आइतबार)

दिउँसो: प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

राती:  प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ मंसिर ०५  गते  (सोमबार)

दिउँसो: प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती:  देशभर मौसम सामान्यतया सफा रहनेछ।

२०७९ मंसिर ०६  गते  (मंगलबार)

 दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ।

राती:  देशभर मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ। साथै तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनुहुन अनुरोध छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button