दोस्रो खेलमा युएईले पहिला ब्याटिङ गर्ने
काठमाडौं । युएईविरुद्धको दोस्रो एक दिवसीय खेल आज (बुधबार ) हुदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा युएईले टस जितेर सुरुआती ब्याटिङ गर्ने भएको छ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले फिल्डिङ गर्नेछ ।
घरेकु मैदान उत्रदा नेपाल जितको दबाबमा हुनेछ । सोमबार सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपालले युएईलाई ८४ रनको नतिजा सुम्पिएको थियो ।
आजको खेल हारेमा नेपालले एक खेल अगावै युएईलाई तीन एक दिवसीय खेलको शृंखला २-० ले सुम्पिने छ ।







प्रतिक्रिया राख्नुहोस्