रोल्पा कारागारका ६१ कैदीले मतदान गर्न पाउने

रोल्पा । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा जिल्ला कारागार रोल्पामा रहेका कैदीबन्दीमध्ये ६१ जनाले मात्र मतदान गर्न पाउने भएका छन् । कारागारमा १ सय १६ जना कैदीबन्दी बस्दै आएका छन् ।
१० जना महिला कैदीमध्ये ६ जना महिला र १ सय ६ जना पुरुष कैदी मध्ये ५५ जना पुरुष मतदाताहरूको मात्र मतदाता नामावलीमा नाम समावेश रहेका र ती कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने रोल्पा कारागारका जेलर यमलाल वलीले बताउनु भयो ।
कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ कैदीबन्दी धेरै भए पनि मतदाता नामावलीमा ६१ जनाको नाम छ जेलर वलीले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्