तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा भूकम्प गएपछि भाग्ने क्रममा एक जनाकाे मृत्यु

बैतडी । गए राति गएको भूकम्पका कारण बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–१ सेल्तडाका ६६ वर्षीय हरि लुहार रहेका छन् ।

हरिको गए राति गएको भूकम्पका कारण मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयाे, ‘भूकम्प जाने बेला घरभित्रै रहेका वृद्ध बाहिर भाग्ने क्रममा मृत्यु भएको हो ।’

मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च स्वरूप २० हजार रुपैयाँ र बन्दोबस्तका सामग्री पनि हस्तान्तरण गरेको जोशीले बताउनुभयो । गए राति ८ बजेर १२ मिनेटमा बझाङको पटादेवल केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button