तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा बदर मत कम गर्न नमूना मतदान 

सुर्खेत । कर्णाली प्रदेशकै राजधानी सुर्खेत यतिखेर निर्वाचनमय भएको छ । 

आसन्न निर्वाचनमा बदर मत कम गर्न पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा नमूना मतदान गरिएको छ । 

नौ वटा स्थानीय तह रहेको सुर्खेतमा बदरमत न्यूनीकरणका लागि स्थानीय नागरिकको अधिकतम सहभागितासहित सिम्ताको जामुने बजारमा नमूना मतदान गरिएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार जिल्लामा सबै पालिकामा नमूना मतदान अहिले जारी राखिएको छ । 

स्थानीय तह निर्वाचनमा बदर मत बढी भएकाले यस पटक बदर मत न्यूनीकरणका लागि नमूना मतदान कार्यक्रमलाई व्यापक गरिएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताउनुभयो । 

उहाँले हालसम्म भएका नमूना मतदानमा न्यून मत मत बदर भएको जनाउनुभयो । उहाँका अनुसार प्रचारप्रसारसँगै नमूना मतदान कार्यक्रमलाई व्यापक बनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button